Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थालाई चुनौति बन्दै कर्जा अजसुली, पाँच प्रतिशत कर्जा निष्क्रिय

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, ११ : ४३ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थालाई चुनौति बन्दै कर्जा अजसुली, पाँच प्रतिशत कर्जा निष्क्रिय

बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा वा एनपीएल निरन्तर बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको यस्तो निष्क्रिय कर्जा लगातार रुपमा बढीरहेको हो । 

केन्द्रीय बैंकका अनुसार गत आवको भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निष्क्रिय कर्जा करिब १ प्रतिशत विन्दुले बढेको हो । गत आवको पहिलो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको एनपीएल ५ प्रतिशत भन्दा तल रहेको थियो भने चालु आर्थिक वर्षमा बढेर ५ प्रतिशत माथि पुगेको छ । 

हाल सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुको निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा भने यस्तो निष्क्रिय कर्जा ४.४२ प्रतिशत रहेको थियो ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले ७५ खर्ब २२ अर्ब ९ करोड १० लाख रुपैयाँँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५६ खर्ब ६३ अर्ब ३८ करोड ३० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा लगानी मध्ये औसतमा ५.२६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा भने बैंक वित्तीय संस्थाहरुले कुल ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँँ निक्षेप संकलन गरी ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँँ कर्जा प्रवा गर्दा औसतमा ४.४२ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो । वाणिज्य बैंकहरूले मात्र चालू आवको पहिलो त्रैमासिकमा कुल ६७ खर्ब ५९ अर्ब २५ करोड रुपैयाँँ निक्षेप संकलन गरी ५० खर्ब ३२ अर्ब ८७ करोड ९० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा ५.०३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूले कुल ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँँ निक्षेप संकलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा ४.२८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

विकास बैंकहरूले भने चालू आवको पहिलो त्रैमासमा कुल ६ खर्ब २८ अर्ब ६३ करोड ८० लाख रुपैयाँँ निक्षेप संकलन गरी ५ खर्ब २५ अर्ब ७८ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा ६.०३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले कुल ६ खर्ब दुई अर्ब ७८ करोड रुपैयाँँ निक्षेप संकलन गरी ५ खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा कुल ४.३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको पहिलो त्रैमासिकमा १ खर्ब ३४ अर्ब २० करोड ३० लाख रुपैयाँबराबरको निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ७२ करोड २० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा १२.५२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने फाइनान्जस कम्पनीहरूले कुल १ खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ७१ करोड २० लाख रुपैयाँँ कर्जा प्रवाह गर्दा औसतमा १०. ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको