राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई निर्वाचन आयोगले स्वीकृत गरेको हो ।
आयोगले ती दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरेको छ । मतपत्रमा पहिलो नम्बरमा नेकपा एमाले रहेको छ । त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालको चुनाव चिह्न हुनेछ ।
छैठौं नम्बरपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई÷मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण भएको छ । नयाँ दर्ता भएका दुई दल नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिममा रहनेछ । दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैनासको हुनेछ ।
आगामी फागुन २० गते बाट राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौत्तम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुँदैछ । जसअनुसार कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस