Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १० : ०८ मा प्रकाशित

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन । निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’ विधि ठिक भएन भने सुधार गर्न सकिन्छ तर सहि मान्छेमाथि गलत कदम चालियो भने निरुत्साहित हुने समेत अर्थमन्त्रीको भनाई छ । ‘यदि कसैले अपराध नै गरेको छ भने त्यसको सजाय दिनका लागि सरकार तयार छ । त्यसका लागि सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्न हुँदैन’, अर्थमन्त्री खनालले भने । साथै जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि मात्रै नभएको उनले बताए ।

भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए र त्यसको अन्त्य हुनुपर्छ । र सेवा प्रवाह पारदर्शी हुनुपर्छ भन्ने थियो । उनीहरुले यो माग निरन्तर दिइरहेका छन् । निर्वाचन अपरिहार्य रहेकाले अर्थमन्त्री खनालले भने, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजान्छ । यसको अनेक क्रियाकलापहरूमा असर गर्छ । कुनै पनि हालतमा समयमा निर्वाचन हुनुपर्छ । यसका लागि सकारात्मक महोल हुनुपर्छ । यसका लागि सरकार पनि लागि परेको छ ।’ सबै दलहरूको सहमति र आम नागरिकको सहमतिमा समयमा निर्वाचन गराइने उनले बताए । सुरक्षित, भयरहित र निष्पक्ष भएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकतान्त्रिक अभ्यासमा गएर निर्वाचन समयमै गरेको छवि बनाउनु पर्ने उनको भनाई छ । अन्तर्राष्ट्रिय जगले राम्रो मूल्यांकन गरिरहेकाले नेपालले पनि त्यो दृष्टिकोण परिवर्तन गर्न नहुने उनले बताए । सरकारको छवि अझै सुधार गर्नका लागि नेपाल सरकारले आगामी दिनमा सुधारका काम गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको