साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४८ अंकले घटेर २६२९.६९ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.६१ अंकले घटेर ४५०.८५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । त्यस्तै यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको उक्त सेसनमा ४८ कम्पनीका ९० हजार ३५६ कित्ता सेयर १४८ पटक खरिद बिक्री हुँदा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस