Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : कर्णालीको सान्त्वना जित, जनकपुर ३ रनले पराजित

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १९ : ५६ मा प्रकाशित

एनपिएल क्रिकेट : कर्णालीको सान्त्वना जित, जनकपुर ३ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले जित निकालको छ । कर्णालीले सान्त्वना जित निकाल्ने क्रममा साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । 

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सक्यो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै संगीत कोरेले पनि २५ रनको पारी खेले । कर्णालीका लागि विलियम बसिस्टोले दुई विकेट लिए । मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, गुल्सन झाले १९, प्रियांक पञ्चलले १६ र विलियम बसिस्टोले १५ रन थपे । नजिबुल्लाह जड्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामी १८ रनमा अविजित रहे । 

जनकपुरका लागि ललित राजवंशी र आदित्य महतले समान दुई विकेट लिए । संगीत कोरे, अनिल साह र माज सदाकतले समान एक विकेट आफ्नो नाममा गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको