गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुको हात खाली गराएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ भने हाल कायम चुक्ता पुँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनार्थ मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने पनि बैठकले निर्णय गरेको छ । बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस