अहिले लगातार रुपमा सेयर बजार घटी रहेको छ । गत साता खुलेका सबै चार कारोबार दिन नै घटेर बन्द भएको सेयर बजार यो साताको सुरु देखि नै घटिरहेको छ । यो साताको दुई कारोबार दिन नै सेयर बजार घटेर कारोबार भएको हो ।
पुँजी बजार लगातार रुपमा घटीरहनुलाई लगानीकर्ताहरुको आत्मबलको कमीका रुपमा हेरिएको छ । अहिले लगानीकर्ताको मनोबल कमजोर रहेको र सप्लाइन पनि धेरै भएकाले बजारलाई घट्नलाई सहयोग पुगेको लगानीकर्ताहरुको भनाइ छ । लगानीकर्ता एसपी चौलागाई पनि बजार बढ्न नसक्नुको कारण लगानीकर्ताको कन्फिडेन्सलाई मान्छन् । ‘अहिलेको अवस्थामा सेयर बजारमा कन्फिडेन्सको कमी छ । अर्को तर्फ सप्लाइ धरै भएका कारणले बजारमा असर परेको देखिन्छ,’ उनले भने ।
अहिले आईपीओमा लगातार रुपमा सर्किट लागिरहेको र यसबाट प्राप्त रकम सेयर बजारमा आउन नसकेको पनि उनले बताए । आईपीओको बिक्री गरेकाहरु सेयर बजार नै हुन्छन् भन्ने नहुने भएकाले बजारबाट पैसा बाहिरिरहेको उनको भनाइ छ । त्यस्तै उनले हाइड्रोपावरको लकइन समय सकिदै जाँदा उक्त लकिनमा रहेको सेयरको पैसा पनि बजारबाट बाहिर गइरहेको उनको भनाइ छ । आईपीओ मात्रै खरिद गर्ने र बिक्री गरेर निष्क्रिने गरिरहेको अवस्था छ ।
लगातार रुपमा विभिन्न बाहानामा सेयर बजारबाट पैसा बाहिर गइरहेको छ भने अर्को तर्फ मार्केटमा लगानीकर्ताको मनोबल बढ्न सनेकाले नै अहिले बजारले सोचेजस्तो गति लिन सनेको उनेको भनाइ छ । अहिले सबै क्षेत्र मन्दिमा रहे पनि केही मात्रामा सेयर बजार मात्रै चलायमान अवस्थामा रहेका उनी बताउँछन् । ‘अहिले अर्थतन्त्रको सबै क्षेत्रमा मन्दी रहेको छ । एक लेभलमा पुँजी बजार मात्रै चलायमान देखिन्छ । यो क्षेत्रबाट अर्को क्षेत्रमा पैसा सिफ्ट हुँदा पनि मार्केट चलायमान नभएको हुन सक्छ,’ उनले भन ।
नीतिगत रुपमा सबै कुरा सहज बनाउँदा पनि अहिले बजार घट्नुमा राजनीतिक रुपमा देखिएको अन्यौलता पनि एउटा कारण रहेको उनी बताउँछन् । त्यस्तै विएफआईको जुन सीमा रहेको छ त्यसलाई अलिकति फराकिलो बनाउन सकेको खण्डमा पनि बजार केही मात्रामा चलायमान बन्न सक्ने उनको विश्वास छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस