कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफेफिलियासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले क्याफेफिलियामा उपलब्ध हुने खाना तथा पेय पदार्थमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेफिलियाका फ्रान्चाइज ओनर सदीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार साझेदारीको दायरा विस्तार गर्दै जीवनशैली, हस्पिटालिटी र उपभोगसम्बन्धी सेवामा ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस