साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सेयर बजार आज ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेको हो ।
लगातार ६ दिनको ओरालो यात्रामा पूर्ण विराम लगाउँदै सेयर बजारमा आज सामान्य सुधार भएको हो । आज सेयर बजारमा १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.३० अंकले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ ।
परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज ३ अर्ब ७५ करोड माथिको मात्रै कारोबार भएको छ । आज ३३१ कम्पनीका ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस