राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै जबराले सक्रिय नभएर संवैधानिक राजतन्त्र आवश्यक भएको बताए ।
‘धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ,’ महामन्त्री जबराले भने, ‘अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु ।’ सक्रिय राजतन्त्रसँग सहमत नरहेको र नेपालमा संवैधानिक राजसंस्थाबारे पूर्व राजा ज्ञानेन्द्रसँग पनि कुराकानी भएको उनको भनाइ थियो। अब नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था राख्नुपर्ने उनको जिकिर थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस