Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपा मधेस प्रदेश सांसद कञ्चन विच्छालाई नहटाउन सर्वोच्चको आदेश

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १६ : ४७ मा प्रकाशित

राप्रपा मधेस प्रदेश सांसद कञ्चन विच्छालाई नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो । 

उनी नेकपा (एमाले)को नेतृत्वमा सरकारमा मन्त्री बनेकी थिइन् । पार्टीको निर्णयविना एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राप्रपाले सांसद विच्छालाई कारबाही गरेको थियो । त्यसविरुछ उनले मंसिर २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिएन् । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले विच्छाको पक्षमा आदेश दिएको हो । यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको