Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो एसवाई प्यानलको पहिलो कारोबार ?

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १० : ४८ मा प्रकाशित

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो एसवाई प्यानलको पहिलो कारोबार ?

आजको स्पेशल प्रि ओपन सेसनमा एसवाई प्यानल नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ । आजको स्पेशल प्रि ओपनमा कम्पनीको प्रतिकित्ता ३१९ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर हिजो मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता सेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको