Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गरे पार्टी सभापतिमा उम्मेदारी घोषणा

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १२ : २६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गरे पार्टी सभापतिमा उम्मेदारी घोषणा

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । नेता भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।

गुल्मी २ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । उनी कांग्रेसभित्र स्वच्छ छवि र प्रष्ट विचार राख्ने नेताका रुपमा लोकप्रिय नेता हुन् । 

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म–जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु । साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ,’ उनले भनेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको