आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म आठवटा विकास बैंकले आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत विकास बैंकहरू मध्ये सांग्रिला डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक,महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक,गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका हुन् ।
जसमध्ये मितेरी विकास बैंकले १० प्रतिशत बराबरको पूर्ण नगद लाभांश दिने निर्णय गरेको छ । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांशमध्ये ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद प्रदान गर्नेछ।
मुक्तिनाथ विकास बैंकले यस वर्ष १८.२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद रहनेछ। कामना सेवा विकास बैंकले सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिन लागेको छ। जसअन्तर्गत १० प्रतिशत बोनस र ५.७८९५ प्रतिशत नगद रहेको छ। शाइन रेसुङगा डेभलपमेन्ट बैंक १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३ प्रतिशत बोनस र १० प्रतिशत नगद रहेको छ। महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश घोषणा गर्ने जनाएको छ । जसमध्ये ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद वितरण गर्ने बताएको छ। बैंकको बुक–क्लोज मिति भने तोकिएको छैन। ग्रिन विकास बैंकले चुक्ता पूँजीको आधारमा ८.४६२७ प्रतिशत लाभांश दिनेछ । जसमा ८.०३९६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२३१ प्रतिशत नगद रहेको छ । यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५८३ प्रतिशत लाभांश घोषणा गरेको छ । जहाँ ५ प्रतिशत बोनस सेयर तथा ५.३५८३ प्रतिशत नगद लाभांश राखिएको छ । साथै बैंकले मंसिर २३ देखि पुस ७ गतेसम्म बुक–क्लोज गर्ने जनाएको छ । जसअनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस