Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताकाे हकहित विरुद्धकाे रिट दरपीठ, दरपीठ विरुद्धकाे निवेदन सर्वोच्चमा दर्ता

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १६ : ५७ मा प्रकाशित

लगानीकर्ताकाे हकहित विरुद्धकाे रिट दरपीठ, दरपीठ विरुद्धकाे निवेदन सर्वोच्चमा दर्ता

लगानीकर्ताको हक हित विपरित भएको गतिविधि विरुद्ध सर्वोच्च अदालत पुगेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेपछि लगानीकर्ताहरुले त्यसको विरुद्ध अर्को निवेदन सर्वोच्चमा दर्ता गरेका छन्।

नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसी सहितको टोलिले रिलायन्स स्पिनिङ मिल्स लगायत सेयर बजारमा भएका विभिन्न गतिविधि लगानीकर्ताको हक हित विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएको थियो। तर रिट दरपीठ भएपछि आज नै दरपीठ विरुद्धको निवेदन दर्ता गरिएको संघका महासचिव खगेन्द्रराज कंडेल (रविन) ले जानकारी दिए।

उनका अनुसार दरपीठ विरुद्ध दर्ता गरिएको निवेदनमा भोलि सर्वोच्चमा बहस हुने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको