Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्तरका विकास बैंकको नाफा पौने ४ अर्ब, कसको कति ?

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, १३ : १२ मा प्रकाशित

राष्ट्रिय स्तरका विकास बैंकको नाफा पौने ४ अर्ब, कसको कति ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा पौने ४ अर्बमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले पछिल्लो ९ महिनामा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।  अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ थियो।

अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.३५ प्रतिशतले बढेको छ।

कसको कति ?

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन विकास बैंकमा गरिमा रहेको छ। यो बैंकले फागुनसम्म ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ७.३२ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म मुक्तिनाथ ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १६.६८ प्रतिशतले घटेको छ।

शाइन रेसुंगाले समीक्षा अवधिसम्म ५१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.१३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष चैतसम्म बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी चैतसम्म कामना सेवाले ४९ करोड ३१ लाख रुपैयाँ, महालक्ष्मीले ४३ करोड ६५ लाख रुपैयाँ, सांग्रिलाले ४३ करोड ४२ लाख रुपैयाँ, ज्योतिले ३० करोड ६६ लाख रुपैयाँ र लुम्बिनीले ४ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ४८.८३ प्रतिशत, महालक्ष्मीको १६.८७ प्रतिशत, सांग्रिलाको ६१.१९ प्रतिशत र ज्योतिको १०१.१४ प्रतिशतले बढेको छ भने लुम्बिनीको ८५.४५ प्रतिशतले घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको