झापा इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १८ गते इन्द्रेणी ब्यांकेट, वर्तामोर्ड–४, झापामा बिहान ११ बजे सुरु हुने गरि साधारण गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको आव २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणसहितका अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
साथै आव २०८२/८३ का लागि बाह्रय लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस