एसवाई प्यानलको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ।
कम्पनीको सेयर आज नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार सुरु हुने व्यवस्था भएकोले एसवाई प्यानलको सेयर भोलिदेखि कारोबारमा आउने भएको हो।
नेप्सेमा एसवाई प्यानलको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता रहेको छ।
अब भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर दिइएको रेन्जभित्र कारोबार भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १०६.६१ रुपैयाँदेखि अधिकतम ३१९.८३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। नेप्सेले एसवाई प्यानललाई ‘एसर्वापीएनएल’ कारोबार संकेत प्रदान गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस