Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करिब ८ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ७३ करोड

अर्थ संसार

बुधबार, २४ मंसिर २०८२, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा करिब ८ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ७३ करोड

साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन एकल अंकले बढेको बजार आज एकल अंकले नै घटेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक ७.८६ अंकले घटेर २६०६.२० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य घटेको छ भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ४४६.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ । 

परिसूचक घटेको दिन आज सेयर बजारमा ३ अर्ब ७३ करोड माथिको कारोबार भएको छ । आज ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ९१ हजार ३९४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँको कारोबार भएको छ । 
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ३ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको