Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, ०७ : ५७ मा प्रकाशित

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २२ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन हो । 

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो । बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा (१४) बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिंदा प्रतिशेयर मूल्य ८२०.८० रुपैयाँ कायम भएको छ । 

अर्थात् लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मेरो सेयर’ एप प्रयोग गरी अनलाइन मार्फत् सजिलै आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको