Like us!
Follow us!
Connect us!
Watch us!

साताको अन्तिम दिन १.६६ अंकले घटेर बन्द भयो सेयर बजार, साढे ३ अर्ब भन्दा कमको कारोबार

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १५ : ०० मा प्रकाशित

साताको अन्तिम दिन १.६६ अंकले घटेर बन्द भयो सेयर बजार, साढे ३ अर्ब भन्दा कमको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर ४४६.३० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । 

परिसूचक घटेको दिन सेयर बजारमा साढे ३ अर्ब भन्दा कमको कारोबार भएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको