Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई ओलीको प्रश्न– नेतालाई स्थानहद लगाएर कसरी चुनावको वातावरण बन्छ ?

अर्थ संसार

शनिबार, २७ मंसिर २०८२, १५ : ५६ मा प्रकाशित

सरकारलाई ओलीको प्रश्न– नेतालाई स्थानहद लगाएर कसरी चुनावको वातावरण बन्छ ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउने वातावरण नै नबनाएको आरोप लगाएका छन् । भक्तपुरको सल्लाहघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार प्रति कटाक्ष गर्दै त्यस्तो प्रश्न गरेका हुन् । 

उनले अहिलेको शुसिला कार्की सरकारले भय सिर्जना गरेको जिकिर गरे । ‘संवादको सट्टा निधेष, घृणा र मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न प्रकारका राजनीतिक दलविरुद्ध षडयन्त्र । प्रतिस्पर्धाको सट्टा धम्की, बहसको सट्टा मुद्दा, नेताको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा यही हो चुनावको वातावरण बनाएको?,’ ओली प्रश्न गरे । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको