Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताब पारित गर्नका लागि सिटिजन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, ०८ : २९ मा प्रकाशित

लाभांश प्रस्ताब पारित गर्नका लागि सिटिजन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो । 

उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधा सम्बन्धमा र कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको