नेकपा एमालेले विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको हो ।
विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना बनाइएको छ । यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस