Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब बढी

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजार दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब बढी

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकल घटेको छ । आज सेयर बजार परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ वटाको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर ४४५.५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये २ वटाको मात्रै मूल्य बढेको छ भने ११ वटाको घटेको छ । 

परिसूचक दोहोरो अंकले घटेको दिन २ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ६० हजार ६९९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको