Like us!
Follow us!
Connect us!
Watch us!

दुइ कम्पनीकाे सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, २१ : १६ मा प्रकाशित

दुइ कम्पनीकाे सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक र  कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २१३.६४ रुपैयाँ कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य २३५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यसैगरी, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना  हुँदा भाउ ८६०.९५ रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९०४ रुपैयाँ थियो ।  समायोजित मूल्यलाई आधार मानेर मंगलबार  कारोबार खुला हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको