साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १८.३७ अंकले बढेको हो । योसँगै सेयर बजार लगातार दोस्रो दिन पनि बढेर बन्द भएको हो । अघिल्लो दिन पनि सेयर बजार बढेर बन्द भएको थियो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६१९.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.१५ अंकले बढेर ४५०.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर ५५ हजार ७८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १२२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस