नेसनल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
लघुवित्तको पुस १ गते बेलुकी बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
यो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूमा विरतण हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस