Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, ०८ : ०८ मा प्रकाशित

हिमालयन बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

हिमालयन बैंकले दुई जना संस्थापको नामा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर सबैले किन्न पाउने गरि लिलाम बिक्रीमा राखेको हो । 

बैंकले महेन्द्र नाथ कर्मचार्यको नाममा रहेको १० हजार ५८२ कित्ता र हरि प्रसाद प्रसाईको नाममा रहेको ५ हजार २८८.८९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेर आवेदन माग गर्दा समेन आवेदन नपरे पछि आम सार्वसाधारणले समेत खरिद गर्न पाउने गरि लिलाम बिक्रीमा राखिएको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा आवेदन दिनु पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको