Like us!
Follow us!
Connect us!
Watch us!

सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल - अर्थमन्त्री खनाल

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, १२ : ३२ मा प्रकाशित

सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिका तीन महिनाभित्र सरकारले पुनरुत्थान र पुनर्निर्माणतर्फ आशा जगाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’को ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । 

भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो, अर्थतन्त्र ध्वस्त भयो, नागरिकहरु विचल्लीमा परे भन्ने परिदृश्य भन्दा फरक सरकारले ९० दिनमै तिब्रगतिमा पुन:निर्माण गरेको पनि बताए ।

‘भदौ २३ र २४ को घटनापछिको एक हप्तामा जुन हिसावले नेपालीहरुले अनुमान गरेका थिए, नेपाल एउटा अनिश्चयको भुमरिमा फस्यो । अर्थतन्त्र ध्वस्त हुन्छ, नागरिकहरुले बिचल्लीको अवस्था भोग्नुपर्छ भन्ने त्यो परिदृश्यबाट हामी ९० दिनकै अवधिमा निकै चाँडो गतिले हामी पुनरुत्थानको बाटोमा, पुन:निर्माणको बाटोमा र आशा जगाउने बाटोमा अघि बढेका छौं,’ अर्थमन्त्री खनालले भने ।

कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको देखाएको उनले बताए ।

गत तीन महिनाको अवधिमा भदौ महिनामा केही ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा कर राजश्व वृद्धि भएको उनको भनाइ छ ।

‘खासगरी अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् की छैनन्, उत्पादनका कामहरु बढेका छन् की छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ की छैन भन्ने सूचकहरु मूलभुत रुपमा नेपाल सरकारको मूल्यवृद्धिकर, राजश्व संकलन,  अन्त:शुल्क संकलन, भन्सार संकलनले संकेत गर्दछ । कच्चा पदार्थ आयातको अंकले उत्पादनका कामहरुमा गतिशिलता बढेको छ।’ उनले भने, ‘उपभोग्य वस्तु र अन्तर इन्टरमेडेरी वस्तुको आयातले उपभोग बढाएको छ । उत्पादन बढाएको छ । गत तीन महिनाको अवधिमा भदौ महिनामा अलिकति ह्रास भएपनि असोज, कार्तिक र मंसिर र पुसको आजको मितिसम्म करिव १० प्रतिशतको हाराहारीमा यि तीन वटै कर राजश्व वृद्धि भएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको