Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, १६ : ०२ मा प्रकाशित

बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हो। यसका लागि पुस ७ गते राति ९ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। 

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १८ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ। यो लगानी सन् २०२५ डिसेम्बर २६ देखि २०२६ डिसेम्बर २६ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको