सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ। सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेको हो।
टोलीले अनुगमनका क्रममा एमालेका महासचिव शंकर पोखरेल र अन्य प्रतिनिधिसँग पनि छलफल गरेको थियो। अनुगमन कार्य कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सम्पन्न गरेको हो। आजै सो टोलीले कांग्रेस कार्यालयको पनि अनुगमन गरेको थियो। आगामी कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत अन्य दलका कार्यालय पनि टोलीले अनुगमन गर्नेछ।
जेनजी आन्दोलनका क्रममा, गत भदौ २४ गते, राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानमा आगजनी भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस