Like us!
Follow us!
Connect us!
Watch us!

४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको नयाँ मूल्य कति ?

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १९ : ११ मा प्रकाशित

४ कम्पनीको सेयर मूल्य समायोजन, कुनको नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंक , सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको आइतबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ३६५.७१ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ३८४ रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो । सिंगटी हाइड्रोको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ २७१.४३ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २८५ रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।

यता, नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस सेयरमा मूल्य समयोजना हुँदा ६६९.६३ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७२९.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो ।

नेपाल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ७७८.५७ रुपैयाँमा कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ८१७.५० रुपैयाँलाई आधार मानेर भाउ समायोजना गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर सोमबार  कारोबार खुला हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको