नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन्। उनले सरकार असंवैधानिक भएको दाबी गर्दै घोषणा गरिएको चुनाव सम्भव नभएको बताए। एमाले कोशी प्रदेश कमिटीको मंगलबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता राईले वर्तमान सरकार चुनाव गराउनका लागि नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न बनेको आरोप लगाए ।
‘अहिलेको अवस्थामा १ लाखभन्दा बढी गोलीगठ्ठा, १ हजार २०० भन्दा बढी हातहतियार र ५ हजार ५०० भन्दा बढी कैदीहरू बाहिरै छन् । सुरक्षाकर्मीका पोशाकहरू बाहिर दुरुपयोग भइरहेका छन् । यस्तो असुरक्षित वातावरणमा निष्पक्ष चुनाव हुन सक्दैन,’ उनले भने ।
राईले प्रमुख राजनीतिक दलका नेताहरूमाथि भयंकर हमला भइरहेको, उनका घर र पार्टी कार्यालयहरू जलाइएको भन्दै सरकारले प्रतिशोधपूर्ण राजनीति गरिरहेको बताएका छन्।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोधको अभ्यास भइरहेको पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस