Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको निर्णय : तीन करोडमुनिका साना आयोजना रोक्का, ठूला परियोजनामा प्राथमिकता

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, २० : ५८ मा प्रकाशित

सरकारको निर्णय : तीन करोडमुनिका साना आयोजना रोक्का, ठूला परियोजनामा प्राथमिकता

सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका सबै टुक्रे आयोजना तत्काल रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै अब साना योजनाभन्दा राष्ट्रिय प्राथमिकताका आयोजना र ठूला पूर्वाधार योजनामा बजेट केन्द्रित गर्ने जनाएको छ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार, बैंकमा दर्ता नगरिएका तर एलएमबीआईएस प्रणालीमा मात्र राखिएका तथा राजनीतिक दबाबका कारण आयोजना बैंकमा सूचीकृत भएका परियोजनाहरू पनि रोक्का गरिनेछ।

१ खर्ब २० अर्ब जोगिने अनुमान

सरकारको मूल्याङ्कनअनुसार, यो कदमबाट चालु खर्चसहित करिब १ खर्ब २० अर्ब रुपैयाँ बचत गर्न सकिने देखिएको छ। रोक्का गरिएको रकमबाट पहिले सम्पन्न भइसकेका कामको भुक्तानी गर्ने र बाँकी रकम राष्ट्रिय गौरवका आयोजना तथा ठूला पूर्वाधार योजनाहरूलाई तीव्र गतिमा अघि बढाउन प्रयोग गरिने अर्थमन्त्री खनालले जानकारी दिए।

पुनर्निर्माण कोष स्थापना

बैठकले पुनर्निर्माण कोष खडा गर्ने निर्णय पनि गरेको छ। सो कोषमा मुलुकभित्र र बाहिरबाट योगदान गर्न सकिनेछ। साथै, बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको रकम त्यहाँ जम्मा गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तो रकम कर कट्टी योग्य हुने व्यवस्था पनि गरिएको मन्त्री खनालले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको