Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, एक प्राविधिक विश्लेषण

सोमबार, १४ फागुन २०७४, ०८ : ५२ मा प्रकाशित

नागबेली लघुवित्तमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस्, एक प्राविधिक विश्लेषण

अर्थ संसार, काठमाडौं–नागबेली लघुवित्त विकास बैङ्कले कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६६ जेठ २७ मा दर्ता भई २०६७ माघ ६ गते नेपाल राष्ट्र बैङ्कबाट लघुवित्त कारोबार गर्न स्वीकृति पाएको थियो ।

यस कम्पनीले झापा, मोरङ र इलाममा गरी १० ओटा शाखाबाट सेवा पुर्‍याउँदै आएको छ । क्रमिक रूपमा शाखा, उपशाखा बढाउँदै जाने योजनामा कम्पनी रहेको छ । सामाजिक र आर्थिक रूपमा पिछडिएका वर्गलाई समेटेर उनीहरूमा आर्थिक–सामाजिक रूपान्तरण, लगानी प्रवर्द्धन र गरीबी न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्य कम्पनीले लिएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आव २०७४/७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १ करोड १८ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा २७ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमासमा रू. १ करोड ६३ लाख नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी ९१ प्रतिशतले बढेर रू. ७ करोड ६६ लाख पुगेको छ भने रिजर्भ कोषमा रू. ५ करोड १६ लाख छुट्याएको छ ।

दास्रो त्रैमासमा रू. ७४ लाख १७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ । साथै कम्पनीले पूँजी वृद्धिका लागि १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्नको लागि माघ २३ गते निवेदन दिएको छ ।

कम्पनीले ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

वर्गीकरणः लघुवित्त
पछिल्लो व्यापार मूल्यः रू. २३०५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ५०९४
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १४८४
१८० दिनको भारित औसत मूल्यः रू. ३४१३.३२

कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन 
अध्यक्षः दीपबहादुर श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृतः कुमार याक्सो
प्रधान कार्यालयः बिर्तामोड, झापा
शाखाः १०
वेबसाइटः www.nagbelibank.com
स्टक सङ्केतः एनबीबीएल

कम्पनीका महत्वपूर्ण वित्तीय परिसूचक (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
कम्पनीको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ४० दशमलव ८० प्रतिशतबाट घटेर १५ दशमलव ४९ प्रतिशतमा सीमित भएको छ । कम्पनीको लगानी रू. ५ लाख रहेकोे छ ।

  • कम्पनीको निक्षेप ४७ प्रतिशत बढेर रू. २० करोड ४७ लाख र कर्जा तथा सापटी १० प्रतिशत बढेर रू. ६१ करोड २५ लाख पुगेको छ ।

  • खुद ब्याज आम्दानी रू. २ करोड ४९ लाख, कर्मचारी खर्च रू. १ करोड ३० लाख, अन्य सञ्चालन खर्च रू. ३८ लाख ९३ हजार र सञ्चालन खर्च रू. १ करोड १२ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति ३० प्रतिशत बढेर रू. १ करोड ३६ लाख र अन्य सम्पत्ति न्यून प्रतिशतले बढेर रू. १ करोड ५३ लाख पुगेको छ ।

  • पूँजीकोष लागत ९ दशमलव ५ प्रतिशत र पूँजी कोष पर्याप्तता १७ दशमलव ४० प्रतिशत छ ।

  • कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४६ लाख ४२ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा ३ दशमलव २९ प्रतिशत छ ।

  • कम्पनीको चालू आवको दास्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) ३० दशमलव ९८, मूल्य आम्दानी अनुपात ८० दशमलव ३७, तरलता अनुपात ३४ दशमलव ५९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ४९ दशमलव ६४ रहेको छ । आइतवारको शेयरमूल्य नेटवर्थको साढे ५ गुणा छ ।

प्राविधिक विश्लेषण

  • खरीद चापः कम्पनीको आइतावर भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १५ गुणा बढी भएको छ । सो अवधिसम्म १ सय ५५ कित्ता शेयर खरीद र १० कित्ता शेयर विक्री गर्ने माग थियो ।

  • आइतवार भएको शेयर कारोबार विवरण

मैनबत्ती विश्लेषण

२६ नोभेम्बर २०१७                                                                                                                              २५ फेब्रअरी २०१८

स्ट्याण्डर्ड डेभिएशन

२६ नोभेम्बर २०१७                                                                                                                              २५ फेब्रअरी २०१८

आरएसआई

२६ नोभेम्बर २०१७                                                                                                                            २५ फेब्रअरी २०१८

मुभिङ एभरेज

२६ नोभेम्बर २०१७                                                                                                                            २५ फेब्रअरी २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ५५ दिनको कारोबारको अन्तिम दुई दिनको प्याटर्नलाई हेर्दा टेवा पाउन खोजेको देखिन्छ । यस्तो अवस्थामा शेयर मूल्य बढ्ने सङ्केत देखिन्छ ।

  • आरएसआईः कम्पनीको ५५ दिनको कारोबारमा आरएसआई न्युट्रल जोन (३४ दशमलव १९ स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५५ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ७२ दशमलव ८४ विन्दुमा छ । उतारचढाव सामान्य छ ।

  • मुभिङ एभरेजः कम्पनीको ५५ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. २ हजार ३ सय ५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ हजार ४ सय ८५ मा प्रतिरोध पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको