Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजार जुवाघर जस्तै हो’

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १८ : ५६ मा प्रकाशित

‘सेयर बजार जुवाघर जस्तै हो’

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले सेयर बजार जुवाघर जस्तै भएको टिप्पणी गरेका छन् । अर्थसंसारको अर्थ बहसमा कुरा गर्दै अध्यक्ष दाहालले एकै पटक बढ्ने र घट्ने स्वाभावका कारण जुवाघर होइन भन्न नसकिने बताएका हुन् । 

‘सेयर बजारबाट कुनै रोजगारी सिर्जना भएको भन्ने पनि छैन । दोस्रो बजारमा आज बढेको सेयरको मूल्य भोलि घट्छ । त्यस्तैले यसमा स्थायित्व हुन सक्दैन,’ उनले भने, ‘यो विषयमा मेरो फरक विचार छ । अरु यसमा सहमत नहुन पनि सक्छन् ।’

सेयर बजारबाट कमाइहुने रकम सहज रुपमा आउने भएकाले सहज रुपमा हुने आम्दानीको खर्च पनि सोही अनुसार हुने उनको भनाइ छ । सेयर बजारमा आफूले पनि लगानी गरेको भए पनि यसमा पूर्ण रुपमा निर्भर हुन नहुने उनले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको