Like us!
Follow us!
Connect us!
Watch us!

दुई दिनको बढोत्तरी पछि सेयर बजारमा गिरावट, कारोबार रकम ५ अर्बमा सिमित

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, १५ : २२ मा प्रकाशित

दुई दिनको बढोत्तरी पछि सेयर बजारमा गिरावट, कारोबार रकम ५ अर्बमा सिमित

साताको सेयर कारोबार हुने चौथो दिनको सेयर बजारमा एकल अंकको गिरावट आएको छ । अघिल्ला दुई दिन सामान्य बढेको बजार आज भने ९.७० अंकले घटेको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७६७.२० विन्दुमा पुगेको हो । आज सेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ४७४.९६ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । 

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर ५३ हजार ८५३ पटक खरिद बिक्री हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटे पनि आज एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको