नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कार्यशैलीलाई लिएर कर्मचारीले असन्तुष्ट देखिएका छन् । मनोबल गिराउने काम गरेको भन्दै कर्मचारीहरुले अध्यक्ष श्रेष्ठको कार्यशैलीबाट दिक्क बनेका हुन् ।
कर्मचारीहरुले संरचना ध्वस्त बनाएको भन्दै अध्यक्ष श्रेष्ठलाई ध्यानाकर्षण समेत गराएका छन् । सेबोनको स्वतन्त्र कर्मचारी संगठनले अध्यक्ष श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै गम्भिर आरोप लगाएको हो । कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकको पद रिक्त हुँदा लामो अवधिसम्म बढुवा प्रक्रिया अगाडि नबढाएको लगायतका आरोप कर्मचारीहरुले गरेका छन् । सेबोनमा विशिष्ट श्रेणीको कार्यकारी निर्देशकको पद २०८१ माघदेखि रिक्त छ । त्यस्तै, गत चैतदेखि उपकार्यकारी निर्देशकको पद समेत रिक्त छ ।
सन्तोषनारायणले रिक्त कार्यकारी निर्देशकमा रुपेश केसीलाई कामुको जिम्मेवारी दिएका छन् । ‘सम्पूर्ण कर्मचारीको मनोबल गिराउने, वृत्ति विकासमा रोक–छेक गर्ने र विचल्लीमा पार्ने तथा आफूअनुकूल कर्मचारी प्रयोग गरी बोर्डको आन्तरिक संरचना ध्वस्त पार्न खोजेको देखिन्छ । त्यसैले अध्यक्षज्यूबाट बढुवा अबिलम्ब खुलाउन जोडदार माग गर्दछौ,’ संगठनले अध्यक्षलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
व्यावसायिकरुपमा हुनुपर्ने काम सन्तोषनारायणले जिम्मेवारी सम्हालेपश्चात कर्मचारीको हितविपरीत भएको संगठनको आरोप छ । संगठनले कर्मचारी सापटी सम्बन्धी एकीकृत कार्यविधि जारी गर्न, कर्मचारी सेवा सर्त नियमावलीमा सुधार गर्न ध्यानाकर्षण गराएको छ । आफूहरुकोचासोलाई बबेवास्ता गरे संघर्षका कार्यक्रम अगाडि बढाउने कर्मचारी संगठनको चेतावनी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस