Like us!
Follow us!
Connect us!
Watch us!

ओम मेगाश्री फर्माको सामूहिक लगानी कोष स्वामित्वमा रहेका ९० हजार सेयर असोज १२ देखि कारोबारयोग्य

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, ०७ : ५६ मा प्रकाशित

ओम मेगाश्री फर्माको सामूहिक लगानी कोष स्वामित्वमा रहेका ९० हजार सेयर असोज १२ देखि कारोबारयोग्य

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सामूहिक लगानी कोष स्वामित्वमा रहेका ९० हजार कित्ता सेयरको लक–इन अवधि असोज ११ गते समाप्त हुने भएको छ। यससँगै असोज १२ गतेदेखि यी सेयर नेप्सेमा खरिद–बिक्री गर्न सकिनेछन्।

कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मिति २०८१ साल चैत १२ गतेदेखि ६ महिनासम्म उक्त सेयर लक–इनमा राखिएको थियो।

उल्लेखनीय छ, कम्पनीले ६० करोड रुपैयाँ चुक्ता पूँजीको ३० प्रतिशत बराबर १८ करोड रुपैयाँका १८ लाख कित्ता सेयर सर्वसाधारणलाई आईपीओमार्फत निष्काशन गरेको थियो। तीमध्ये ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको