नेकपा (एमाले)का नेता महेश बस्नेतले सहकारी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नख्खु कारागार पुगेको प्रसंगलाई लिएर व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लामिछानेलाई ‘स्मार्ट ठग’को संज्ञा दिँदै अघिल्लो दिनका अभिव्यक्तिहरू सम्झाएका छन्। बस्नेतले लेखेका छन्– ‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका बालाई राजनीतिबाट निकाल्छु भन्थे । विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाएछन्।’
भैरहवास्थित कारागारमा रहेपछि हालसालै नख्खु कारागारमा स्थानान्तरण गरिएका लामिछानेलाई भेट्न दाहाल पुगेको खबर सार्वजनिक भएपछि बस्नेतले यसरी व्यङ्ग्य गरेका हुन्।
बस्नेत यसअघि पनि सामाजिक सञ्जालमार्फत लामिछाने र उनको राजनीतिक शैलीप्रति कटाक्ष गर्दै आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस