Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन : लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, ०७ : २७ मा प्रकाशित

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन : लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस

लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सुझाब दिइएको छ । बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने सुझाव दिइएको हो । 

बंगलादेशको उदाहरण दिँदै कार्यदलले ‘स्वतन्त्र नियामक निकाय’ स्थापनाका लागि सुझाव दिएको हो । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले असार २९ गते बुझाएको प्रतिवेदन मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको हो । प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले गरेको वर्गीकरण परिमार्जन गरी कार्यक्षमता र स्वास्थ्यका आधारमा ‘प्रथम, दोस्रो् र तेस्रो’ वर्गमा वर्गीकरण गर्न सिफारिस गरेको छ । राष्ट्र बैंकले जेठ ३० गते गठन गरेको उक्त समितिका सदस्यहरूमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र पूर्व बैंकर भुवन दाहाल सदस्य रहेका थिए । एक महिनाको अध्ययनपछि उक्त प्रतिवेदन बुझाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको