सेयर बजार लगातार दोस्रो दिन पनि बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि सामान्य बढेको सेयर बजार आज पनि १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने १११ कम्पनीको बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९४ अंकले बढेर ४४८.५३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।
परिसूचक सामान्य अंकले बढेको दिन सेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । आज ३३४ कम्पनीका ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस