Like us!
Follow us!
Connect us!
Watch us!

साता भरमै २९ अंकले घट्यो नेप्से, कारोबार रकममा १ अर्ब ३५ करोटले गिरावट

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १५ : ५३ मा प्रकाशित

साता भरमै २९ अंकले घट्यो नेप्से, कारोबार रकममा १ अर्ब ३५ करोटले गिरावट

यो साता सेयर बजार ४ दिन मात्रै कारोबार भएको छ । भोलि (बिहीबार) सार्वजनिक बिदा परेकाले यो साता सेयर बजार ४ दिन मात्रै कारोबार भएको हो । 

नियमित रुपमा सातामा ५ कारोबार दिन बजार खुल्ने भए पनि सार्वजनिक बिदा परेको खण्डमा सेयर बजार बन्द हुने गरेको छ । त्यसैले यो साता पनि ४ दिनका लागि मात्रै बजार खुल्यो । यो साताको चार कारोबार दिनमध्ये सेयर बजार २ दिन बढ्यो भने दुई दिन घटेर कारोबार भएको छ । 
साताको पहिलो र दोस्रो दिन घटेको बजार तेस्रो र चौथो दिन भने बढेर कारोबार भएको छ । आइतबार र सोमबार सेयर बजार दोहोरो अंकले घट्यो भने मंगलबार र बुधबार सामान्य अंकले बढेर बन्द भयो । आइतबार सेयर बजार १९.९२ अंकले घटेर बन्द भएको थियो । त्यो दिन सेयर बजारमा ४ अर्ब ५२ करोड माथिको कारोबार भएको थियो । 

सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजार फेरि १३.८८ अंकले घटेर कारोबार बन्द भयो । त्यो दिन कारोबार रकम पनि करिब १ अर्बले घटेर ३ अर्ब ५१ करोडमा सिमित भयो । त्यस्तै पछिल्ला दुई दिन भने झिनो अंकले बजार बढेको छ । मंगलबार ३.२७ अंकले बढेको बजारमा कारोबार रकम ३ अर्ब ४२ करोडको भएको थियो । आज भने सेयर बजार १.३७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब २२ अर्बमा नै सीमित भएको छ । 

यो साताको चार दिनमा नेप्से परिसूचक २९.१६ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २६१५.०३ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन घटेर २५८५.८७ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बाजारमा १ अर्ब ३५ करोड ३१ लाख ६३ हजार २४० रुपैयाँले कारोबार घटेको छ । गत साताको अन्तिम दिन ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँको कारोबार भएको थियो । यो साताको अन्तिम कारोबार दिन नेप्सेमा कुल ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको