नेपाल एक्सेचन्ज(नेप्से) मा रु रु जलविद्युत, मिड सोलुले हाइड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सलेको बोनस सेयरमा मूल्य समायोजना भएको छ। यी कम्पनीहरुको बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजना भएको छ ।
रु रु जलविद्युतको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ६६०.९१ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७२७.०० रुपैयाँलाई आधार मानेर भाउ सामयोजना गरेको हो ।
यता, मिड सोलुले हाइड्रोपावरको १५ प्रतिशत बोनास सेयरमा मूल्य समायोजना हुँदा ७९८.२६ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर भाउ सामयोजना गरेको हो । स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ७२७.०२ रुपैयाँमा कायाम भएको हो । बुधबारको अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँलाई आधार मानेर भाउ सामयोजना गरेको हो ।
त्यसैगरी चन्द्रागिरी हिल्सलेको ५ प्रतिशतमा मूल्य समायजना हुँदा ८४३.८१ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ८८६ रुपैयाँलाइ आधार मानेर भाउ सामयजना गरेको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस