नागरिक लगानी कोषको साधारणसभाको मिति घोषणा भएको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे ३१ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।
त्यसैगरी कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्ने र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक÷एक जना प्रतिनिधि नियुक्त गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले पुस २१ गते एक दिनका लागि बूक क्लोज गर्ने जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस