Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणका सञ्चालकमा सरकारी प्रनिधिमात्रै, बैठक बस्नै पुग्दैन कोरम

अर्थ संसार

विहीबार, १० पुस २०८२, १८ : २६ मा प्रकाशित

बीमा प्राधिकरणका सञ्चालकमा सरकारी प्रनिधिमात्रै, बैठक बस्नै पुग्दैन कोरम

कानुन अनुसार नेपाल बीमा प्राधिकरणको सञ्चालकमा पाँच जना सञ्चालक रहने व्यवस्था रहेको छ । बीमा ऐन २०७९ को दफा ६ मा प्राधिकरणको सञ्चालकि समिति पाँच सदस्यीय हुने व्यवस्था रहेको छ । पाँच जनाको सञ्चालक समिति रहेको बीमा क्षेत्रको नियामक निकायमा हाल जम्मा २ जना मात्रै रहेका छन् । ती पनि सरकारी प्रतिनिधि मात्रै हुन् । 

बीमा ऐनमा भएको व्यवस्था अनुसार नेपाल सरकारले नियुक्त गरेको अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै अर्थमन्त्रालय, कानुन मन्त्रायलयका सहसचिव र जीवन बीमा निर्जीवन बीमा विषयमा ज्ञान भएको दुई जना रहने व्यवस्था छ । सञ्चाल समितिका ५ जनामध्ये एक जना महिला रहनु पर्ने व्यवस्था पनि रहेको छ । अहिले प्राधिकरणको अध्यक्षको रुपमा अर्थमन्त्रालयका सहसचिव जनकराज शर्मा रहेका छन् । त्यस्तै सदस्यमा कानुन मन्त्रालयका सहसचिव मान बहादुर अर्याल रहेको छ । यसरी हेर्दा प्राधिकरणको सञ्चालक समिति अर्थमन्त्रालय र कानुन मन्त्रालयको प्रतिनिधिमा सिमित भएको हो । 

बीमा प्राधिकरणले १४÷१४ वटा जीनव र निर्जीवन बीमा कम्पनी, ७ वटा लघु बीमा कम्पनी र दुई वटा पुर्नबीमा कम्पनीलाई नियमन गर्ने गर्छ । प्राधिकरणको सञ्चालक समितिको कोरम नपुग्दा बोर्डमार्फत हुने निर्णय प्रभावित भइरहेका छन् । २०७८ मंसिर १६ गते सन्तोष रिजाललाई सरकारले चार वर्षका लागि नियुक्त गरेको थियो र उनले कार्यकाल पूरा गरी बाहिरिएका छन् । उनी बाहिरएसँगै कोरम नपुगेर प्राधिकरणले कुनै निर्णय गर्न सकेको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको