Like us!
Follow us!
Connect us!
Watch us!

एशेज टेस्ट : पहिलो दिन नै गुम्यो २० विकेट, घरेलु टोलिलाई ४६ रनको अग्रता

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, २० : २३ मा प्रकाशित

एशेज टेस्ट : पहिलो दिन नै गुम्यो २० विकेट, घरेलु टोलिलाई ४६ रनको अग्रता

इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको एशेज टेष्ट सिरिज अन्तर्गत चौथो खेलको पहिलो दिन नै २० विकेट गुमेको छ । यी दुई टोलि बीचको यो खेलको पहिलो दिन नै दुवै टोलि अलआउट भएका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि १५२ रनमा अलआउट भएको थियो । त्यस पछि आफ्ना पहिलो पारी थालेको भ्रमणकारी टोलि पनि पहिलो दिन नै ११० रनमा आलआउ भएको हो । 

यो सँगै पहिलो पारीमा घरेलु टोलिले ४६ रनको अग्रता लिएको छ । यो इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक४१ रन बनाए । अस्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिए । अस्ट्रेलियाका माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । इङ्ग्ल्यान्डका जोश टङ्गले ५ विकेट लिए ।

यस्तै दोस्रो पारीको ब्याटिङ शुरू गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा विना विकेट ४ रन बनाएको छ । योसँगै अस्ट्रेलियाले ४६ रनको अग्रता लिएको छ । एशेज टेस्ट शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । अस्ट्रेलियाले पहिलो टेस्ट ८ विकेट, दोस्रो टेस्ट ८ विकेट र तेस्रो टेस्ट ८२ रनले जितेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको