अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६औँ वार्षिक साधारण सभा तथा २१औँ राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले ‘रुल अफ ल’ लागू गर्नुको विकल्प नभए पनि व्यवहारमा त्यसलाई स्थापित गर्न नसकिएको उल्लेख गरे ।
उनले कानुन परिपालनामा कोही पनि पूर्ण रूपमा कटिबद्ध नदेखिएको भन्दै अहिले नेपालले सबैभन्दा पहिले रुल अफ ल स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘कानुन पालना गर्ने कुरामा हामी सबै कमजोर छौँ । रुल अफ ल अत्यन्त महत्वपूर्ण विषय हो, यसको कुनै विकल्प छैन तर हामीले त्यसलाई व्यवहारमा उतार्न सकेका छैनौँ’ उनले भने ।
अर्थमन्त्री खनालले बोलेका सबै कुरा कार्यान्वयन गर्न सके मात्र अपेक्षित परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे । तर व्यवहार र अभिव्यक्तिबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै प्रणालीमै ‘वाक इन द टक’को समस्या रहेको बताए । उनका अनुसार नेपालमा सैद्धान्तिक कुरा भन्दा व्यवहारलाई बढी मान्यता दिइन्छ । ‘हामी जे बोल्छौँ, त्यही गर्न सक्दैनौँ । दायित्व नलिइकन कुरा गर्दा गर्न सकिन्छ जस्तो लाग्छ, तर जिम्मेवारी लिएपछि त्यही कुरा गर्न गाह्रो हुन्छ’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस