Like us!
Follow us!
Connect us!
Watch us!

देशलाई निर्वाचनबाट मात्रै स्थायित्वमा लैजान सकिन्छ - प्रचण्ड

अर्थ संसार

सोमबार, १४ पुस २०८२, ०९ : ५९ मा प्रकाशित

देशलाई निर्वाचनबाट मात्रै स्थायित्वमा लैजान सकिन्छ - प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन मुखैमा भएकाले नयाँ परिस्थितिमा देशलाई निकास दिने काम निर्वाचनबाट मात्रै सम्भव भएको बताएका छन् । बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

प्रचण्डले भने, ‘निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनामा पर्न सक्छ । विभिन्न उतारचढाव हुँदै अब निर्वाचनबाट देशमा स्थायित्वमा लैजाने वातावरण बनेको छ ।’

उनले नेपाली जनताको एकता, राजनीतिक दल र सबैको सामुहिक प्रयासमा राष्ट्रलाई निकास दिने काममा लाग्नु पर्ने बेला आएको बताए । अराजकताबाट मुलुकलाई निकास दिन जरुरी भएको उनको भनाई थियो । उनले निर्वाचनको तयारीका सन्दर्भमा काम भइरहेको र सबै दलहरु लागिरहेका बताए ।

 उनले भने, ‘जेन्जी आन्दोलनले युवा पुस्ता पनि देशको राजनीति र सुशासनप्रति सचेत भएको सन्देश गएको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको